Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक सुरु


1.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ ।

त्यस्तैगरी आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने एक नेताले जानकारी दिए । ‘साथीहरुले स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ गर्नुहुन्छ त्यसकै आधारमा भविष्यको बाटो पनि तय गर्छौं ।’, एक नेताले भने ।

आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने, नदिने बारे पनि बैठकमा छलफल हुनेछ । स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको छ । शेखर कोइराला पक्षले बैठक सुरु हुनुअघि पार्टी कार्यालयमा प्रदर्शनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्