Logo
Logo

कांग्रेस बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश


504
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको छ ।

सोमबार बसेको बैठकमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबारे केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेको एक नेताले जानकारी दिए ।

जारी बैठकमा ७ वटै प्रदेशका सभापतिले धारणा राखिरहेका छन् । ‘छलफलबाट कसरी गठबन्धनलाई अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्छौँ । भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी छ ।’, एक केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस्