काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीको मात्रै संलग्नतामा बजेट निर्माणको प्रक्रियामा करको दर हेरफेर नभएको टिप्पणी गरेका छन् ।

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको आरोप लगाए ।
उनले भने, ‘हतियार खरिद अर्थमन्त्रीले मात्रै न गर्न सक्छ न बजेटमा यत्रो बदमासी गर्न सक्छ ? अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था यही ढंंगले जाने हो भने नेपाल पनि श्रीलङ्का भन्दा कम नहुने पनि बताए ।














