Logo
Logo

नागढुङ्गामा सवारी स्क्यानिङ मेसिन जडान गरिंदै


252
Shares

काठमाडौं । काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेखका लागि अत्याधुनिक उपकरण जडान गरिने भएको छ ।

अहिले भित्रिने र बाहिरिने सवारी साधनको दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् । आशङ्का लागेका सवारी तथा यात्रुलाई खानतलासी पनि उनीहरूले नै गरिरहेका छन् ।

चन्द्रागिरि नगरपालिकाले देशमै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य सुरुआत गरेको हो । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ ।

‘सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ,’ मेयर घनश्याम गिरीले भने, प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?’ यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ ।

मेसिनको मूल्य २ करोड ५० लाख पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्