
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका– ५ तुंखा र ओख्रेका २८ घर परिवारले लालपूर्जा पाएका छन् ।
२०३३ सालमा नाप जाँचका क्रममा जमिनको स्वामित्व गाउँब्लकको नाममा परेपछि उनीहरु लालपूर्जाविहीन भएका थिए । उक्त जग्गा ४६ वर्षपछि गाउलेलाई फिर्ता गरेको हो । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले आइतबार उनीहरुलाई लालपूर्जा वितरण गरेकी हुन् ।
गैर सुकुम्बासीलाई भूमि प्रदान नगर्नेतर्फ सरकार सचेत रहेको भन्दै मन्त्री श्रेष्ठले कुनै प्रभाव र दवावबिना काम गर्न निर्देशन समेत दिए। धनकुटामा २०७७ सालदेखि पुनः नाप जाँच गरेर आफ्नो कार्यकालमा जग्गा नापीको सम्पूर्ण कार्य सम्पन्न भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।











