Logo
Logo

बागमती प्रदेशसभा बैठक साउन ५ गते


189
Shares

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ ।

प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते दिउँसो १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्