मोरङ । युरेनियम जस्तो देखिने पदार्थसहित छुट्टाछुट्टै दुई स्थानबाट १५ जना पक्राउ परेका छन् । विराटनगर-९ स्थित ट्राफिक चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

यस्तै विराटनगर-३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले होटलबाट ८ जना र दुध फारामबाट ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शिव शंकर पासवान, प्रदीप पुरी, लक्ष्मण शर्मा, मुकेश कुमार साह, दिलिप कुमार शर्मा, फटिक कुमार कार्की, गोपाल मगर, किरन राई रहेका छन् । यस्तै,,जीवन गुरुङ, ,अब्दुल गनी खान, चन्दन कुमार महतो, रबिन्द्र गच्छेदार, दिपक बहादुर भ्लोन, उमेश प्रसाद यादव र श्याम घिमिरे रहेका छन् ।











