काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दै छ ।

समितिको बैठक कक्ष, सिंहदरबारमा बिहान साढे ९ बजेदेखि सुरु हुने बैठकमा वि.स.२०८३ सालको दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।














