Logo
Logo

कर्णाली प्रदेशसभा बैठक बस्दै


315
Shares

काठमाडौं । कर्णालीको प्रदेशसभा बैठक आज बस्दैछ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

मुख्यमन्त्री जीवनबहादुर शाही गठबन्धनको मूल्य मान्यताविपरीत एकलौटीरूपमा अघि बढ्न खोजेको भन्दै सत्तापक्षकै माओवादी केन्द्रका सांसदले गत मंगलबार प्रदेशसभा बहिस्कार गरेका थिए।

प्रदेशसभाको अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसेपनि बिना निष्कर्ष सकिएको थियो । कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्