Logo
Logo

एन्फाका विदेश विभाग प्रमुख पाण्डेको बर्खास्ती माग गर्दै निवेदन


1.7k
Shares

काठमाडौँ । एन्फाका विदेश विभाग प्रमुख नवीन पाण्डेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दर्ता गरेका छन् ।

एन्फाले विधान विपरीत श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको भन्दै विभाग प्रमुख पाण्डेलाई बर्खास्त गर्न माग गरेका छन् । पाण्डे जर्मन नागरिक हुन् । एन्फाको जेठ ८ गते बसेको पहिलो बैठकको पहिलो निर्णय नै विधान विपरीत र त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग गरेका छन् ।

एन्फाको ६ असारमा भएको निर्वाचनपछि बसेको कार्यसमितिको पहिलो बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्रमान जोशी र विदेश विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्ति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्