Logo
Logo

प्रदेश १ को सर्वदलीय बैठक सुरु


756
Shares

बिराटनगर । प्रदेश १ को नामकरणको टुंगो लगाउन बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।

आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । तर, अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा कुनै टंगो लागेको छैन । सत्तारुढ दलहरूको नै आ–आफ्नै अडान छन् ।

नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्