Logo
Logo

भन्सार छली गरेको लाखौं मूल्यका कपडा नियन्त्रणमा



भैरहवा । भैरहवामा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको कपडा र ढुवानीमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार ९ लाख ८० हजार रुपैयाँ बराबरको तयारी कपडा र ढुवानीमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको हो ।

प्रहरीले बिहीबार राति भैरहवा-लुम्बिनी सडकखण्डबाट लु १ ज ४४६२ नम्बरको पीकअप गाडी र चालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ गरिएको कपडा बच्चा, महिला र पुरुषको विभिन्न तयारी कपडा छन् ।

प्रतिक्रिया दिनुहोस्