Logo
Logo

भक्तपुरमा प्रहरीलाई घुस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० साउन ।

भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जना पक्राउ परेका छन् । बा.८८ प ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका–१० घर भएका २२ वर्षीय संजिब लामा र मोटरसाइकलमा सवार मकवानपुर घर भएका १९ वर्षीया सविना थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


मध्यपुरठिमी नगरपालिका ३ कौशलटार खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै जनाले मादक पदार्थ सेवन गरेकोले कागजपत्र माग्ने क्रममा कारबाहीबाट बच्न नगद १ हजार दिई उनीहरुले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । दुबै जनालाई उक्त रकम र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्