काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको अवसर पारेर समता अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बौद्धमा रहेको समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका अध्यक्ष शाहले अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेको जनाइएको छ । अस्पतालले एक सय रुपैयाँमा सर्वसाधारणको उपचार गराउँदै आएको जनाइएको छ । न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
१२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले १३ वर्षअगाडि एक हजार दुई सय १९ जना संस्थापक सेयरधनीको लगानीमा १४ जना संस्थापकहरू र चारजनाको रणनीतिक समूहको अथक मिहिनेत र सहजीकरणमा दुई सय ३३ करोड भएको बैंक स्थापना गरेको स्मरण गरेका थिए ।
अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ वर्षको अवधि)मै कतिपय विधाहरूमा अग्रणी बैंकका रूपमा स्थापित हुन पुगेको बताए । उनले भने, ‘बैंकले साना तथा मझौला उद्योग तथा व्यवसायअन्तर्गत कृषि, माइक्रो फाइनान्सिङ, महिला उद्यम कर्जा, डिप्राइभ सेक्टर लेन्डिङसँग सम्बन्धित विधाहरूमा डिफिड–सक्षम, युएसएड–निट, हेल्भेटास, आइओएमसँग सम्बन्धित क्षेत्रहरूमा सहकार्य गरी बैंकिङ पहुँच नपुगेका समुदायमा बैंकिङ पहुँच पु¥याउन दुर्गम क्षेत्र, पिछडिएको वर्गको आर्थिक, सामाजिक रूपान्तरण र सशक्तीकरणमा महŒवपूर्ण भूमिका खेलेको छ ।’
विगतमा विभिन्न बैंकसँग मर्जर र एक्विजिसनको सन्दर्भलाई जोड्दै उनले ३७ वर्षको इतिहास भएको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरका लागि एमओयू भई सैद्धान्तिक सहमति प्राप्त भइसकेको जानकारी गराए ।
बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकका रूपमा स्थापित भएको बताइन् । कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताइन् । साथै, स्थापनाकालदेखि नै मेगा बैंकले सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको उनको भनाइ थियो ।
कामु सिइओ श्रेष्ठले शिक्षामा बालिकाहरूको पहँुचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न हाम्रो बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा एकदेखि १२ सम्म अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिइन् । यो छात्रवृत्तिले शाखा सञ्चालित पालिकामा मेगा बैंकलाई जनताको बैंकका रूपमा स्थापित गरेको तथा बैंकले ‘बैंक अफ दी इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशीला बनेको उनको भनाइ थियो ।
बैंकको बितेको १२ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि भएको जनाइएको छ । देशको २८औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७औँ स्थानमा रहेको बैंकले जनाएको छ । ०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब एक खर्ब ५६ अर्ब र कुल कर्जा करिब एक खर्ब ५० अर्ब रहेको छ ।
मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा रहेका दुई सय आठ शाखा, एक सय ४५ एटिएम, २५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।












