Logo
Logo

बसभित्र आत्मदाह घटना- प्रदर्शनमा उत्रिए मृतकका आफन्त


126
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी गरी मृत्यु भएका चालक अर्जुन दोङका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । आजगनीपछि घाइते चालकको उपचारका क्रममा निधन भएपछि उनका परिवार तथा समर्थकले आज कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

सोमबार दिउँसो १२ः११ बजेतिर राहदानी विभागअगाडी बस स्टपमा रोकिराखेको थानकोट–मूलपानी चल्ने रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको बसमा आगलागी भएको थियो । त्यति बेला कोही यात्रु नभएको बसमा चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का २३ वर्षीय दोङ आफैँले आगजनी गरेको प्रहरीले जनाएको छ ।

शरीरको करिब ९० प्रतिशत भाग जलेका उनको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । बसमा आगजनीअघि ट्राफिक प्रहरीसँग उनको विवाद भएको देखिने भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रदर्शन गरिरहेका छन् । आफन्तले उनको शव बुझ्न मानेका छैनन् । यस घटनाको छानविन गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रानीपोखरीले एसएसपीको नेतृत्वमा समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्