Logo
Logo

भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी


441
Shares

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा कारण देखाऊ आदेश जारी भएको छ ।

The current image has no alternative text. The file name is: bharat-dahal.jpg

दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । उक्त रिटमाथि मङ्गलवार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो । इजलासले दाहाललाई पक्राउ गर्नुको कारण माग गरेको हो ।

सरकारकातर्फबाट जबाफ आएपछि अर्को पेसी तोकिने छ । त्यसपछिमात्र अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी हुने या नहुने फैसला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्