Logo
Logo

डिशहोमले ल्यायो आईपी टिभी सेवा


2.6k
Shares

काठमाडौं । इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आईपी टिभी सुरु गरको छ ।

गाह्रकले अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनले आईपीको दाबी छ । डाइरेक्ट टु होम (डीटीएच)लाई जस्तै साथ र माय पाउने कम्पनीको विश्वास छ ।

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । २०६७ सालमा होम टिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो ।

नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको सवैमा सर्वविधितै छ ।

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, स्थलीय टिभी र आईपी टिभीमा समेत आफ्नो सेवालाई विस्तार गरेको छ ।

ग्राहकहरुको मन जित्न सफल ईन्टरनेट सेवा डिशहोम फाईवरनेट, सवै भन्दा वढि सन्तुष्ट ग्राहक र ठूलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी र तार रहित स्थलीय टिभी मार्फत ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

यस्तै ५ हजार घण्टाभन्दा बढी विभिन्न कन्टेन्टहरू, भिडियो अन डिमाण्ड, क्याच अप टिभी/स्टार्ट ओभर टिभी, युटुव, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरू उपलव्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्