
काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्थाले आजदेखि प्राथमिक सेयर (आईपीओ)निष्कासन सुरु गरेको छ । लघुवित्तले प्रतिसेयर सय रुपैयाँअंकित मूल्यका ९ करोड ७५ लाख रुपैयाँबराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन बिक्री खुला गरको हो ।
लघुवित्तले निष्कासन गरेको कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी नौ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ












