Logo
Logo

तिहारभरको मौसम पुर्वानुमान सार्वजनिक, कहाँ-कहाँ पर्दैछ पानी ?


0
Shares

काठमाडौं । मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गते अर्थात भाइटीकाको भोलिपल्टसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

सोमबार साँझ विभागले सार्वजनिक गरेको विशेष बुलेटिनमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उल्लेख छ ।

कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

कात्तिक २६ गते बिहीबार देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उक्त दिन कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

त्यस्तै, कात्तिक २७ गते शुक्रबार पनि हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मङ्गलबार भने देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

यसैगरी सोमबार राति पनि हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000