
काठमाडौं । काठमान्डु गोर्खाजका रासिद खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन दोस्रो अर्धशतक प्रहार गरेका छन् । उनले चितवन राइनोज विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।
उनले २८ बल खेल्दै २ चौका र ४ छक्का मदतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरे। जारी लिगमा रासिदको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्स विरुद्ध ५० रन बनाएका थिए । उनी ३० बलमा ५२ रन बनाएर आउट भए ।


















