Logo
Logo

कोप-३१ मा नेपालको आर्थिक एजेण्डा प्रस्तुत गर्न अर्थमन्त्री टर्कीए प्रस्थान


0
Shares

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले टर्कीएतर्फ प्रस्थान गरेका छन् । राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन उनी आज त्यसतर्फ लागेका हुन् ।

शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्नुहुने कार्यतालिका रहेको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।

टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन् । अर्थमन्त्री डा वाग्ले कात्तिक २९ गते आइतबार नेपाल फर्कने छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000