Logo
Logo

कोहलपुरमा अजोड इन्स्योरेन्सकाे अभिकर्ता तालिम



काठमाडाैं । अजोड इन्स्योरेन्सले बाँकेको कोहलपुरमा कृषि तथा पशुपन्छी अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

२०७९ श्रावण १४, १५ र १६ गते भएको तालिमको दिपक पोखरेल, प्रेमराज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो ।

अजोड इन्स्योरेन्स कोहलपुरका शाखा प्रमुख निर्मल कुमार छेत्री साउदले कार्यक्रम सञ्चालन गरेका थिए । बिमा समितिले कृषि बिमा गर्न तोकिएको बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम संचालन गरेर अजोड इन्स्योरेन्सले बजार विस्तारमा सक्रियता देखाएको छ ।

तालिममा लुम्बिनी प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिनकुमार भट्ट र कर्णाली प्रादेशिक प्रमुख योगेन्द्रबहादुर कार्कीका साथै कोहलपुर शाखाका कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्