Logo
Logo

पहेंलो धातु र विभिन्न हातहतियार सहित २ जना पक्राउ



धादिङ । धादिङको निलकण्ठ नगरपालिका-३ धादिङबेसी थोपल खोलास्थित सडकबाट बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र विभिन्न हातहतियार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका-४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ रहेका छन् । लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग।१ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पहेंलो धातु र अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान र सय दरको नोट १ सय ६३ थान सहितनोट सहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले बेग बहादुर तामाङको घर तलासी गर्दा घरमा लुकाई राखेको २ थान सेमि अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड‚ १ थान कटुवा पेस्तोल र बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु ५ थान फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्