काठमाडौं । अब शुक्रबार पनि सर्वोच्च अदालत पूरै समय खुल्ने भएको छ ।

सर्वोच्चमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना सम्बन्धमा असार २२ गते बसेको पूर्ण बैठकले शुक्रबार पनि सर्वोच्च पूरै समय खोल्ने निर्णय गरेको थियो । सोही निर्णय भोलि (शुक्रबार) लागू हुने भएको हो ।
सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘०७९/०४/२० गतेदेखि लागू हुने गरी शुक्रबारको दिनसमेत अरु बारसहर पुरा समय संचालन हुने बेहोरा सबैलाई जानकारी गराइन्छ ।’















