Logo
Logo

तीनकुने आन्दोलनमा म्याद नाघेको अश्रुग्यास प्रयोग


441
Shares

काठमाडौं । १५ चैत २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउन सिफारिस गरेको छ। आन्दोलनका क्रममा म्याद गुज्रिएका अश्रुग्यास प्रहार गरिएको निष्कर्ष निकाल्दै आयोगले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन भनेको हो।

The current image has no alternative text. The file name is: Aandolan-Tinkune.jpg

‘घटनाको अवस्था हेर्दा सुरक्षा निकायले म्याद नाघेका अश्रुग्यास व्यापक प्रयोग गरेको, सुरक्षाकर्मीहरूलाई पर्याप्त स्रोतसाधनको अभाव हुने गरेको र लामो समयदेखि बन्दोबस्तीका सामानहरू खरिद नगरिएको भन्ने सुरक्षा निकायका पदाधिकारीको बयानका क्रममा खुल्न आएकाले पर्याप्त स्रोतसाधनको व्यवस्था गर्न तथा म्याद नाघेका अश्रुग्यास प्रयोग नगर्न/नगराउन’ आयोगले सिफारिस खण्डमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्