
काठमाडौँ । गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरवार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।














