Logo
Logo

साउन अन्तिममा आइपीओ जारी गर्दै पिपुल्स पावर



काठमाडौं । पिपुल्स पावरले सर्वसाधारणका लागि साउन ३१ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो। सोमध्ये ४९ हजार ३ सय ४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि तथा १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ।

बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त मितिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म थप हुनेछ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्