
काठमाडौं । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत युवा उम्मेदवार बन्ने नीतिगत व्यवस्था गर्न युवा गैह्रसरकारी संस्था महासंघले माग गरेको छ ।
आइतबार प्रधामन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै महासंघले युवाको हक अधिकार सुनिश्चित गर्न भनेको हो ।
प्रधामन्त्री देउवालाई बुझाइएको ज्ञापनपत्रमा स्थानीय तहमा स्थानीययुवा सूचना केन्द्र स्थापना गर्न, युवा मैत्री नीति कार्यान्वयनमा ल्याई उत्कृष्ट काम गर्ने निकायलाई पुरस्कारको व्यवस्था गर्न, अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थालाई युवाको क्षेत्रमा काम गर्ने वातावरण सृजना गरिदिनसमेत माग गरिएको छ ।
रोजगारी सृजना र सीप विकासका लागि ठोस योजना ल्याउन पनि प्रधानमन्त्रीसँग माग गरिएको महासंघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
जवाफमा प्रधानमन्त्री देउवाले युवाहरूको माग पुरा गर्न सरकार तयार रहेको बताएका थिए ।














