युरोप । नेकपा (एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युरोप तदर्थ समिति गठन भएको छ । युरोप क्षेत्रमा रहेका एकीकृत समाजवादीका प्रतिनिधिहरुको जुम बैठकद्वारा कमिटी गठन गरेको छ ।

कमिटीको संयोजकमा पुराना वाम्पन्थी नेता उमेशराज मोक्तान(वेलायत) चयन भएका छन् । उनी एमालेको सम्पर्क मञ्च वेलायतको संस्थापक कोषाध्यक्ष तथा पूर्व उपाध्यक्ष हुन् भने लेबर पार्टी वेलायत, नेपाल कलाकार संघको पूर्व अध्यक्ष, एनआरएनए वेलायतको पूर्व सल्लाहकार, धरान समाज वेलायतको संस्थापक अध्यक्ष लगायत युरोपका विभिन्न संघ संस्थाहरूमा समेत आवद्ध छन् ।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी संयोजक श्री प्रसाद शाहको प्रमुख आतिथ्य तथा युरोप इन्चार्ज सुवास पोखरेलको अध्यक्षतामा कमिटी गठन भएको हो ।
कमिटीको सह संयोजकमा निराजन सुवेदी(पोर्चुगल),सचिव अर्जुन खतिवडा(वेलायत),सह सचिव मनोज भुसाल (फिनल्यान्ड) छन् । त्यसैगरी उप सचिवहरु गोमा माझी(साइप्रस), अकल लामा(जर्मनी), सुधीर अर्याल(पोर्चुगल) छन् । बैठकले दीपेन्द्र गजुरेल (स्पेन) प्रमुख तथा वुद्धमान तामाङ(साइप्रस) र देवेन्द्र श्रेष्ठ रहेको प्रचार विभाग गठन गरेको छ ।
त्यसैगरी कमिटीको सदस्यहरुमा सञ्जय मुडभरी(स्विजरल्याण्ड), डा. मनमूर्ति भुर्तेल(रुस), कृष्ण तिवारी(बेलायत), टंक कटुवाल(पोल्याण्ड), राजन काफ्ले(आयरल्यान्ड),कृष्ण देवकोटा(जर्मनी), प्रेम गौतम(स्वीडेन), पशुपति प्रसाद भण्डारी(नर्वे), हरि तामाङ(क्रोसिया), चिन्तन बुढामगर(साइप्रस), धन बहादुर बोहरा(नेदरल्यान्ड्स), कृष्ण चौहान( फिनल्यान्ड), मोहन बिक्रम थापा(पोल्याण्ड) लगायत रहेका छन् ।
प्रमुख अतिथि शाहले समाजवादी आन्दोलनको पङ्क्तिमा लामबद्ध भएको भन्दै नवनिर्वाचित कमिटीलाई शुभकामना तथा बधाइ दिँदै पार्टी आगामी मङ्सिर ४ मा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको तयारीमा होमिएको छ तसर्थ प्रवासमा रहेका समाजवादी आन्दोलनका तपाई यात्रीहरुको सल्लाह,सुझाव र सहयोगको पार्टीले अपेक्षा गरेको बताए ।
युरोपका समाजवादी आन्दोलनका आस्थावान साथिहरुलाई सङ्गठित गर्ने काम भएको छ।यो तदर्थ समितिले ६ महिनाभित्र युरोपका देशहरूमा संगठन निर्माण गरेर अधिवेशन सम्पन्न गर्ने संयोजक मोक्तानले बताए ।











