Logo
Logo

‘गुँला’ सबै नेपालीको ऐतिहासिक पर्व होः पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ गुँला पर्वमा सहभागि भएका छन् ।

सोमबार बिहान सअभागि भएका मन्त्री श्रेष्ठले काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमा गरे । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ ।

गुँला पर्व बुद्ध धर्मवालम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताए । काठमाडौंको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उनको भनाइ छ ।

यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछि पछि भक्तजन रहने गर्दछन् । यस पर्वले विभिन्न बाजा लगायत संस्कृतिको संरक्षणमा टेवा पुर्याएको र यसको जीवन्तताका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्