Logo
Logo

अवैध लागूऔषध सहित पक्राउ



बाँके । खजुरा गाउँपालिका-६ सिमलघारी प्रतिक्षालयबाट करिब २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम बिक लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २ ग्राम १३ मिलिग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३५ वर्षीय लाल बहादुर दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी, नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१६ स्थितबाट नियन्त्रित लागूऔषध ३३ एम्पुल नुफिन, ३२ एम्पुल प्रोमेथाजाईन र ३३ एम्पुल डाईजेपाम सहित तनहुँ भानु नगरपालिका-२ बस्ने ३१ वर्षीय ईन्द्र बहादुर बाचेँ मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ग.१४ प ६५०८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, सिरहाको लहान नगरपालिका-१३ सरस्वती बलुवा टोल बस्ने २७ वर्षीय नन्द कुमार महतोको घरको कोठाबाट फेनारगन, डाईजेपाम र नोफिन गरी जम्मा ७ सय ३६ एम्पुल नियन्त्रित लागूऔषध मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट पक्कीटोलबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । हाल फरार नन्द कुमार महतोको खोजी भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्