Logo
Logo

श्रीलंकामा मंकीपक्सको परीक्षण सुरू


378
Shares

एजेन्सी । श्रीलंका स्वास्थ्य विज्ञहरूले आफ्ना नागरिकमा मंकीपक्स सङ्क्रमण भए नभएको पत्ता लगाउन परीक्षण सुरु गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बुधबार बताएका छन् ।

ती अधिकारीले सिन्ह्वालाई बताएअनुसार विश्व स्वास्थ्य संगठनले उक्त प्रयोजनका लागि परीक्षण किट उपलब्ध गराएपछि स्वास्थ्य मन्त्रालयले परीक्षण गर्न थालेको हो ।

परीक्षण राजधानी कोलम्बो र केन्द्रीय शहर क्यान्डीमा गरिएको थियो । स्वास्थ्य मन्त्रालयले मंकीपक्सको कुनै पनि सङ्क्रमण पहिचान गर्न र पुष्टि बाँकी रहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले गत महिना आधिकारिक रूपमा घोषणा गरेअनुसार अफ्रिका क्षेत्रभन्दा बाहिर हालको बहु–देशीय मंकीपक्स प्रकोप अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालमा परिणत भएको जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000