
सुर्खेत । कर्णाली प्रदेश सरकारमा मन्त्रीपरीषद् पुर्नगठन भएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । दुवै नकपा माओवादी केन्द्रका नेता हुन् ।
नव नियुक्त मन्त्री शाह र कामीलाई प्रदेश प्रमुख तिलक परियारले सोमबार नै दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।











