Logo
Logo

नवनियुक्त राजदूत डा. प्याकुरेल कोरियामा



दक्षिण कोरियाका लागी नवनियुक्त नेपाली राजदूत प्रा.डा.ज्योति प्याकुरेल(भण्डारी) दक्षिण कोरिया आईपुगेका छिन । आज विहान नेपालबाट कोरिया आईपुगेका राजदूत डा.प्याकुरेललाई स्वागत गर्ने नेपाली राजदूतावासका कर्मचारी, एनआरएन कोरियाका प्रतिनिधी र नेपाली कांग्रेसका भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका प्रतिनिधीहरु ईनछन एयरपोर्ट पुगेका थिए ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले गत अगष्त ३ तारिख डा.प्याकुरेललाई कोरियाका लागी नेपाली राजदूतमा नियुक्ति गरेका हुन । राजदूत डा.प्याकुरेल नेपाली कांग्रेसको कोटाबाट राजदूत नियुक्ती भएका हुन ।

नवनियुक्त डा.प्याकुरेल साहित्यकार तथा पूर्वश्रीलंकाका राजदूत प्रा.डा.विश्वम्भर प्याकुरेलका धर्मपत्नी हुन ।

प्रतिक्रिया दिनुहोस्