Logo
Logo

महाभियोग समितिको बैठक १ बजे


504
Shares

काठमाडौं । आज बिहानका लागि बोलाइएको संघीय संसद महाभियोग समिति बैठक सरेको छ ।

समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो ।

तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्