
काठमाडौं । नेपाली कांग्रेसको संसदीय समितिको बैठक बालुवाटारमा बस्दै छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न बिहान ९ बजे बैठक बस्न लागेको हो ।
संसदीय समितिको बैठक हिजो पनि बसेको थियो । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी टुंगो लगाइने छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची असोज २ र ३ गते बुझाउन कार्यतालिका प्रस्तुत गरेको छ ।












