
१. राजनीतिक दलहरुले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाए, निर्वाचन आयोगले दलहरुले पेश गरेको बन्दसूचीलाई रुजु गर्ने काम थाल्यो, संवैधानकि व्यवस्थाअनुसार सूची बुझाए नबुझाएको रुजु भएपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने ।

२. राजनीतिक दलहरुले बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा पनि तरमारा र शक्तिशाली नेताकै हालिमुहाली, राजनीतिक दलका शीर्ष र शक्तिशाीले नेताको नाम पनि समानुपातिक सूचीमा, प्रत्यत्यतर्फको निर्वाचनमा पराजित हुने डरले शीर्ष र शक्तिशाली नेताले समानुपातिक नै रोजे ।

३. नेपालमा पछिल्लो पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको मृत्यु, ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जनामा संक्रमण पुष्टि, डेंगुकै कारण यतिका मानिसको मृत्यु भइसक्दा पनि नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न नसकेको भन्दै आलोचना ।

४. विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो, जनता आफैले बनाएको संविधानले पनि जनतालाई अधिकार सम्पन्न बनाउने नसकेको भन्दै संशोधन गरेर जनतालाई अधिकार सम्पन्न बनाउनेपर्ने माग, हजारौंका बलिदानको बलमा लेखिएको संविधानमाथि हुने प्रहारको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड ।

५. मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने विश्वास, निर्वाचनबाट संविधानलाई चलायमान बनाउनाका साथै जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा ।

६. राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता, अब पनि नगरिकता विधेयक रोकिए ठूलो अन्याय हुने र त्यसको देशलाई गलत दिशातर्फ लैजानसक्ने राष्ट्रपतिलाई प्रधानमन्त्री देउवाको सुझाव, आफ्नो मनासय नागरिकता विधेयक रोक्नुपर्छ भन्ने नरहेको राष्ट्रपतिको प्रतिक्रिया ।

७. दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिए, अनलाइन प्रणालीमार्फत टिकट लिनेलाई विषेश सहुलियत भएता पनि भौतिक रुपमा बस पार्कमै गएर टिकट बुकिङ गर्नेको भीड, यस वर्ष पनि दसैँमा २० लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने अनुमान ।

८. राष्ट्र बैंकको निर्देशनले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने नेपाल उद्योग व्यापार महासंघको धारणा, कूल पूँजीको कर्जा सीमा र कर्जाको न्यून अवधि तोकिनु तरलताको अभाव निकै अव्यावहारिक हुने भनाइ, राष्ट्र बैंकले ल्याउन लागेको व्यवस्था निकै अव्यावहारिक मात्र नभई उद्योगी व्यवसायीलाई विस्थापित गर्ने खालको रहेको भन्दै सच्याउन माग ।

९. नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल, दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित, साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक, पराजयसँगै राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाद्वारा पद त्याग गर्ने घोषणा ।

१०. वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथको अन्त्येष्टि, विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य र विशिष्ट अतिथिहरूको उपस्थिति, चिनियाँ रक्षामन्त्री वेई फेङ्हे र पाकिस्तानी सेनाप्रमुख कमर जावेद बाजवाबीच भेटवार्ता, चीन र पाकिस्तान सधैं विश्वसनीय र सबैभन्दा भरपर्दो मित्र रहेको र यो सम्बन्धमा वैश्विक परिस्थिति जस्तोसुकै बनेपनि निरन्तरता दिने प्रतिबद्धता ।













