Logo
Logo

डिशहोम फाईवरनेटको फेस्टिबल अफर सार्वजनिक



काठमाडौं । फाईवरनेटका ग्राहकका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले फेस्टिबल अफर ल्याएको छ । फाईवरनेटले फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ल्याएको हो ।

फेस्टिबल फाईबरनेट अफरले प्रति महिना ८७० रुपैयाँमा दुई सय एमबीपीएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै ५९५ रुपैयाँमा ७५ एमबीपीएस, ६८७ रुपैयाँमा एक सय एमबीपीएस, ८२४ रुपैयाँमा १५० एमबीपीएस र ९१६ रुपैयाँमा २५० एमबीपीएसका प्याकेजहरु ल्याएको छ ।

यो प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकले पाइभजीको राउटर पनि सित्तैमा पाउने छन् । साथै ईन्टरनेटसंगै टेलिभिजन सेवा पनि चाहने ग्राहकले २५० रुपैयाँमा डिशहोम आई टि.भी सेवा पनि लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्