Logo
Logo

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता


0
Shares

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ ।

बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरण गर्ने धम्की दिइएको नोट फेला परेको थियो । त्यसपछि विमानलाई विमानस्थलको आइसोलेसन बेमा राखेर सुरक्षा जाँच सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार विमानस्थलका निर्देशक विक्रम सिंहले उडान भर्नै लाग्दा विमानको शौचालयमा उक्त नोट फेला परेको जानकारी दिएका छन् ।

विमान बिहान १०ः२० बजे उड्ने तालिका थियो । नोटमा बिहान ११ः१० बजे विमान अपहरण गरिने धम्की दिइएको उल्लेख थियो ।

उडान भर्नुअघि पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई घटनाबारे जानकारी गराएका थिए । त्यसपछि विमानस्थलका अधिकारीहरूले आवश्यक सुरक्षा प्रक्रिया अघि बढाएका थिए ।

समाचार एजेन्सी आईएएनएसका अनुसार घटनापछि विमानलाई सुरक्षित रूपमा अलग स्थानमा राखेर सुरक्षा जाँच गरिएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000