काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौ क्षेत्र न ४ मा चुनावी तयारी थालेको छ । शनिबार काठमाडौं क्षेत्र–४(२)को कपनमा प्रशिक्षण आयोजना गर्दै काठमाडौ बाग्मती प्रदेश सांसद माननीय कुसुमकुमार कार्कीले एकीकृत समाजवादीले चुनावी तयारी सुरु गरेको जानकारी दिए ।

आसन्न निर्वाचनमा नेकपा पार्टीलाई जिताउन विभिन्न चुनावी कमिटीहरु बनाइएको उनले बताए । जसअन्तर्गत प्रचारप्रसार प्रमुखमा अशोकराज पाण्डे, आर्थिक व्यबस्थापन शान्तिराम ढुंगाना, मेडिया परिचालन आशिष गुराँगाई, युवा परिचालन अजय सुब्बा, महिला परिचालन प्रमिला सापकोटाको संयोजकत्वमा बनाइएको उनले जानकारी दिए ।
साथै कार्यालय व्यवस्थापन, योजना अनुगमन, सुकुम्बासी क्षेत्र परिचालन, मुल्याँकन तथा निर्देशनलगायत ३३ वटा निर्वाचन केन्द्रित कमिटीहरु बनाइएको छ ।
कार्यक्रममा आफ्नो स्थानीय चुनावी एजेण्डा प्रकाशित गर्दै आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीले पैसाको बलमा नभएर समाजका हरेक क्षेत्रका व्यक्तिहरुलाई परीचालित गरी स्थानीय मुद्दा र विचारद्वारा चुनावमा विजयी हासिल गर्ने कुरा उनले बताए ।












