Logo
Logo

साउदी राजा सलमानले छोरालाई बनाए प्रधानमन्त्री



एजेन्सी । साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् ।

राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् । युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ ।

मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् । अब यो जिम्मेवारीमा उनका कान्छा भाइ खालिद सलमान हुने छन् जो यसअघि रक्षामन्त्री थिए ।

विदेश मन्त्री पनि राजपरिवारकै सदस्यले निरन्तरता पाएका छन् । फैसल बिन फरहान विदेशमन्त्रीको रुपमा निरन्तरता पाएका हुन ।

प्रतिक्रिया दिनुहोस्