Logo
Logo
एमाले–राप्रपा तालमेल

ओलीको जित सुनिश्चित गर्न राप्रपालाई बम्पर उपहार


24.9k
Shares

काठमाडौं । नेकपा एमालेले झापामा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो पक्षमा पारेको छ ।
एमाले र राप्रपाबीच झापा जिल्लाभर तालमेल गर्ने सहमति भएसँगै राप्रपाले संघमा १ र प्रदेशमा २ क्षेत्र पाएको हो । संघीय निर्वाचनका लागि राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार हुन् । प्रदेशका उम्मेदवारबारे राप्रपाले टुङ्गो लगाएको छैन ।

२०७४ को आम निर्वाचनमा पनि एमालेकै सहयोगमा राप्रपा अध्यक्ष लिङदेन प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यसपटक पनि लिङदेनले एमालेकै साथमा निर्वाचन जित्ने सोंच बनाएका छन् । लिङदेनको निर्वाचन क्षेत्र झापा–३ हो ।

राप्रपालाई एमालेले अघिल्लो निर्वाचनमा एक संघीय निर्वाचन क्षेत्र मात्र दिएको थियो । यस पटक भने अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित गर्न एमालेले राप्रपालाई थप दुई प्रदेशभसा दिएको छ ।

एमाले र राप्रपाबीच झापा जिल्लाभर तालमेल हुने भएपछि ओलीको गृहनगर दमकमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बनेको कांग्रेस–माओवादी–राप्रपा गठबन्धन टुटेको छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीको सहयोगमा राप्रपाका राप्रपाका राम थापा मेयर निर्वाचित भएका थिए भने कांग्रेसका रेगिना भट्टराई उपमेयर निर्वाचित भएका थिए ।

ओलीको गृहनगर दमक झापा–५ मा पर्छ । झापा–५ ओलीको निर्वाचन क्षेत्र हो । जहाँ राप्रपाको राम्रै मत रहेको मानिन्छ । राप्रपाको राम्रै मत भएको झापा–को एक प्रदेश निर्वाचन क्षेत्र राप्रपालाई पाउने एमाले र राप्रपाबीच सहमति भएको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्