काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओनसरी घर्तीलाई जुताउन आग्रह गरेका छन् । आइतबार काठमाडौंमा भएको गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले काठमाडौं- २ का गठबन्धनका उम्मेदवार घर्तीलाई अत्याधिक मतले जिताउन आग्रह गरे ।

प्रचण्डले रोल्पामा जन्मिएर आएका घर्तीलाई आफ्नै प्रस्तावमा सभामुख बनाएको र सभामुख बनेर कुशलतापूर्वक जिम्मेवारी पुरा गरेको भन्दै अब पनि उनलाई जिताएर पठाए राम्रो विकासे मन्त्री बनाएर पठाउनेसमेत बताए ।
‘ओनसरी घर्तीभित्र क्षमता छ भन्ने देखेपछि यो निर्वाचन क्षेत्रमा उहाँलाई उम्मेदवार बनाएको हो । निर्धक्कसँग ओनसरी नेतृत्वका उम्मेदवारलाई विजयी गराउनुस् । उहाँलाई विजयी गरेपछि राम्रो विकासे मन्त्री पनि बनाइनेछ’ उनले भने ।
उनले भने, ‘ओनसरी रोल्पाको ग्रामीण इलाकामा जन्मेर संघर्ष गरेर आएको हो । विग फाइभ हो प्रतिनिधिसभाको सभामुख पद भनेको । मैले नै हो उहाँलाई पहिला सभामुखको प्रस्ताव गरेको पनि, उहाँले सफलतापूर्वक जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुभयो ।’
आर्थिक क्रान्तिको अभियानलाई एक सुत्रीय अभियानका रुपमा अघि बढाउनुपर्ने प्रचण्डले बताए । निर्वाचनका लागि गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गर्न लागेको उनले बताए ।














