Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

खेलकुदको महाकुम्भदेखि निर्वाचनको रौनकसम्म


252
Shares

१. वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन, जोशीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जलि अर्पण, जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ ।


२. वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको निर्देशन, राजनीतिक दल र उम्मेदवारले खर्च गर्न पाउने निर्धारण गरिएको निर्वाचन खर्चको हदको उलङ्घन र आचारसंहिताको पालना नभए तत्काल कारबाही प्रक्रिया बढाउन निर्देशन, निर्वाचनमा शून्य बेरुजू हुने विश्वास ।


३. लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक भएको प्रधानमन्त्री प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन मिलेर लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती भएको अभिव्यक्ति, एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन मिलेर जानबाहेक विकल्प नरहेको भनाइ ।


४. राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने प्रचण्डको ठहर, २०४६ सालको जनआन्दोलन वाम–लोकतान्त्रिक गठबन्धनको बलमा नै भएको र ०६२÷६३ को जनआन्दोलन सात राजनीतिक दल र माओवादीको जोड बलमा भएको भनाइ, गिरिजाप्रसाद कोइराला हुँदा नै कांग्रेसको निर्वाचन चिन्ह रुख र माओवादीको हसिया हथौंडा एक अर्काले स्वीकार गरको भनाइ ।


५. आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ, छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र, २८ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी ।


६. लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता देखिएकोले गठबन्धन गरी देशलाई निकास दिने अभिव्यक्ति, सहिदका बलिदानबाट प्राप्त भएका जनता अधिकारलाई कुण्ठित गर्ने प्रपञ्च रचिएको र त्यसको रक्षाको लागि खबरदारी गर्न गठबन्धन ।

फाइल फोटो


७. नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)द्वारा देशैभरका प्याराग्लाइडिङ उडानमा रोक, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना हुँदा २६ वर्षीय खेलाडी निसिम थापाको मृत्यु भएपछि उडान रोक, प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्म स्थगित, नीति, नियम तथा कानुनहरू व्यवस्थित गरेपनि पुनः सञ्चालन अनुमति दिइने ।


८. साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो, नेप्से परिसूचक ९ दशमलब ६९ अङ्कले घटेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स पनि ओरालो लागेर तीन सय ६५ दशमलब ४२ मा सिमित, दुई सय २१ कम्पनीको २५ लाख ७४ हजार सात सय ८५ कित्ता शेयर ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ रुपैयाँमा खरिद बिक्री ।


९. पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ एपीएफलाइ एक÷एक स्वर्ण, भारत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण, शारीरिक सुगठनमा गण्डकी प्रदेशलाई विवेक हमालले दिलाए स्वर्ण, आइटिएफ तेक्वान्दोको पछिल्लो खेलमा विभागीय टिम नेपाल आमीलाई तीन र बागमती प्रदेशले एक स्वर्ण ।


१०. चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय सम्मेलन सुरु, सिपिसीका महासचिवसी चिनफिङ तेस्रो कार्यकालका लागि पुनः चयन हुँदै, सीद्वारा प्रतिवेदन पेस, गएका पाँच वर्षका प्रमुख उपलब्धि प्रस्तुत गर्नुका साथै आगामी पाँच वर्षको कार्यदिशा अघि बढाए, सुधारसहित एक देश दुई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता, सम्मेलनमा २ हजार २९६ प्रतिनिधि सहभागी ।

प्रतिक्रिया दिनुहोस्