Logo
Logo

पिएसजीको शानदार जित, मेस्सी चम्किए


1.9k
Shares

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकलेको छ ।

गएराति भएको खेलमा मकाबी हाइफालाई ७–२ को फराकिलो अन्तरले पराजित गरेको हो । जितसँगै पिएसजीले अन्तिम १६ मा स्थान बनाउँदा हाइफा समूह चरणबाटै बाहिरिएको छ ।

पिएसजीका लियोनल मेस्सी र केलियन एम्बाप्पेले २/२ तथा नेयमार र कार्लाेस सोलरले १/१ गोल गरे । १ गोल उपहारस्वरूप पाएको थियो ।

हाइफका लागि दुवै गोल अब्दुलाये सेकले फर्काए ।

प्रतिक्रिया दिनुहोस्