Logo
Logo

हेडक्वार्टरको डिएसपी बनेर ठगी गर्ने पक्राउ




काठमाडौँ, २७ पुस ।
प्रहरी प्रधन कार्यालयको डिएसपी हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका विभिन्न होटेल तथा रेष्टुरेन्टहरुमा हेडक्वाटरको डिएसपी हुँ भन्दै बिल नतिर्ने गरेका भक्तपुरका अनिल थापा शुक्रबार प्रहरी फन्दामा परेका हुन् ।

उनलाई कमदालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाले होटेलहरुमा पार्टीको आयोजना गर्ने र बिलको भुक्तानी माग्दा आफू डिएसपी हुँ भन्दै तिर्न नमान्ने गरेको गुनासोका आधारमा पक्राउ गरिएको काठमाडौँ प्रहरी श्रोतले जनाएको छ । उनले धेरै व्यक्तिहरुलाई ठगी गरेको प्रहरी आशंका छ ।

प्रतिक्रिया दिनुहोस्