Logo
Logo

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


252
Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले बढेर ९६ हजार ७ रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्