Logo
Logo

चुनावलगत्तै अब पालुङटारमा एयरपोर्ट : प्रचण्ड


1.5k
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएरै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताएका छन् ।

चुनाव प्रचारप्रसारका लागि गोरखामा रहेका उनले शनिबार पालुङटार नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने समेत बताए ।

अध्यक्ष प्रचण्डले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर गर्न सहज हुने बताए । उनले भने, ‘राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभुति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन । अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।’

अध्यक्ष दाहालले लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्नरूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताए । ‘चुनाव अगाडि पुनः सञ्चालन गर्ने भन्ने नै थियो’, उनले भने, ‘निर्वाचनअघि आचारसंहिता लाग्ने भएकाले अब निर्वाचन सकिने बित्तिकै नयाँ ढङ्गबाट पहल सुरु हुन्छ ।’ उनले एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग आफूले छलफल गरिसकेको पनिजानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्