Logo
Logo

स्पेनद्वारा टर्किएमा प्याट्रियट एयर डिफेन्स मिसाइल तैनाथीको विस्तार


693
Shares

एजेन्सी । स्पेनले टर्कीको दक्षिणी अडाना प्रान्तमा आफ्नो प्याट्रियट एयर डिफेन्स मिसाइलहरूको तैनाथीको समयावधिलाई जुन २०२३ सम्म लम्ब्याउने निर्णय गरेको टर्कीको अर्ध-सरकारी अनादोलु एजेन्सीले आइतबार उल्लेख गरेको छ ।

सिरियाली सिमानाबाट करिब १२० किलोमिटर टाढा रहेको प्रान्त अडानामा राखिएको स्पेनिस प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीको म्यान्डेट यस वर्षको अन्त्यमा सकिँदै थियो ।

सन् २०१३ मा संयुक्त राज्य अमेरिका, जर्मनी, र नेदरल्याण्ड्सले नेटो मिसन को एक भागकोरूप मा दक्षिणी टर्कीमा प्याट्रियट रक्षा मिसाइलहरु तैनाथ गरे पछि अङ्काराले सिरिया देखि टर्कीसम्मको सम्भावित आक्रमणको लागि गठबन्धन को सुरक्षा सहयोग को लागी अनुरोध गरेको हो ।

उत्तरी सिरियामा टर्किएको ‘अपरेशन पिस स्प्रिङ्ग’ पछि पश्चिमी देशहरूसँग राजनीतिक असहमति उत्पन्न भएपछि संयुक्त राज्य अमेरिका, जर्मनी र नेदरल्याण्डले आफ्ना मिसाइलहरू फिर्ता लिएका थिए । स्पेनले सन् २०१५ मा अडानामा नेदरल्याण्ड्सको स्थानमा आफ्ना मिसाइलहरू तैनाथ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्