Logo
Logo

नयाँ सरकार बनेलगत्तै नागरिकतासम्बन्धि कानुन बन्छ : निधि


441
Shares

काठमकाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नयाँ सरकार बनेपछि पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउने भएको बताएका छन्।

सप्तरीमा आज निर्वान प्रचासप्रसारका लागि आयोजित कार्यक्रममा बोल्दै मंसिर ४ पछि बन्ने सरकारको पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउनु रहेको बताएका हुन् ।

नागरिकतासम्बन्धी विधेयक संसदबाट पास गराई राष्ट्रपतिले अनुमोदन गरेपछि लागु गरिने उनले बताएका छन् । अहिलेको सरकारले नागरिकतासम्बन्धी विधेयक दुई पटकसम्म संसदबाट पास गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएको थिएन।

उनले जनताको हरेक समस्ूया सभाधान गर्ने सरकार निमार्णका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गरे । ‘एमालेको अवरोधका कारण नागरिकतासम्बन्धी कानुन बनाउन सकिएन। अब बन्ने नयाँ सरकारले नागरिकतासम्बन्धी कानुन बनाउँछ,’ निधिले भने, ‘नागरिकतासम्बन्धी कानुन नबन्दा ७ लाख नेपालीले नागरिकता पाएका छैनन्। उनीहरू समस्यामा छन्।’

निधि आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा धनुषा ३ का प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्